हुलाकी राजमार्ग अन्तर्गत रंगेली–चौकीघाट सडक निर्माणबारे पोखरेलको चासो

मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासमा चासो राखेका छन् । स्थानीय समस्याबारे जानकार रहेका पोखरेल निर्वाचित भए लगत्तै सो क्षेत्रको विकास निर्माण कार्यहरुलाई द्रुत गतिमा अघि बढाउन लागि परेका हुन् ।
उनले क्षेत्र नम्बर २ अन्तर्गत पर्ने रंगेलीदेखि रतुमाईको चौकी घाटसम्मको सडक चाँडै सम्पन्न गराउन पहल गरेका छन् । नेकपा (एमाले) मोरङका अध्यक्षसमेत रहेका सांसद पोखरेलले दक्षिणी क्षेत्रको ‘लाईफलाईन’ सडकका रुपमा रहेको निर्माणाधिन हुलाकी राजमार्गको काम चाँडै सम्पन्न गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
सांसद पोखरेलले आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने हुलाकी सडक खण्ड निर्माण कार्यका विषयमा चासो राखेर हुलाकी सडक आयोजना प्रमुख विजय थापासँग कार्यप्रगती बारे जानकारी लिँदै काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका हुन् । ‘यो हाम्रो लागि लाईफलाईन सडक हो । द्रुत गतिमा काम थालेर चाँडो भन्दा चाँडो निर्माण कार्य सम्पन्न हुनुपर्‍यो । ’ सांसद पोखरेलले आयोजना प्रमुख थापालाई निर्देशन दिँदै भने,‘निर्माण कार्यको गुणस्तरमा पनि जनताको प्रश्न उठिरहेको छ । काममा तलमाथि नहोस् ।’
उनले हुलकी राजमार्ग अन्तर्गत सो क्षेत्रका मुख्य बजारहरुको सडकको चौडाइ सय मिटर फराकिलो बनाउन दबाब समेत दिएका छन् । सांसद पोखरेलको निर्देशनसँगै आयोजना प्रमुख र इन्जीनियरहरुको टोलीले निर्माणाधिन सडकको निरीक्षण गरेको छ । सो टोलीले निर्माण कम्पनीलाई मापदण्ड अनुसारको काम द्रुत गतिमा थाल्न निर्देशन पनि दिएको जनाइएको छ ।
अहिले सो निर्वाचन क्षेत्र अन्तर्गत रंगेलीदेखि चौकीघाट सम्मको सडक निर्माण कार्यले गति लिएको स्थानीयको भनाई छ । सम्बन्धीत सरकारी अधिकारीहरुलाई निर्माणाधिन सडकको स्थलगत निरिक्षण गराई समस्या समाधानका लागि पोखरेलले पहल थालेसँगै स्थानीय उत्साहित भएका छन् । ‘जबसम्म स्थानीय समस्या र जमिनमाटो चिनेको जनप्रतिनिधि चुनिँदैन तबसम्म आफ्नो क्षेत्रमा केही नहुने रहेछ भन्ने कुराको अनुभूति भयो ।’ स्थानीय रमेश सिंहले भने,‘अब हाम्रो समस्या बुझेको जनप्रतिनिधि आएपछि काम चाँडै सम्पन्न हुन्छ भन्ने आश जागेको छ ।’
यतिबेला हुलाकी राजमार्गको रंगेली–चौकीघाट सडक निर्माण कार्यले तीब्रता पाएको छ । हुलाली सडक आयोजना कार्यालयले यसै आर्थिक वर्षको अन्त्यसम्ममा कालोपत्रे सडक सम्पन्न गर्नेगरी काम अघि बढेको जनाएको छ । ‘हामीलाई यस सडकको विषयमा दिनहुँ फोनहरु आइरहन्थ्यो ।’ आयोजना प्रमुख थापाले भने,‘अहिले फिल्डमा काम पनि भइरहेको छ । हामी काम सम्पन्न गर्ने दृढ संकल्पका साथ लागि परेका छौँ ।’
सोही सडकमा पर्ने रतुवा खोलकोको अधुरो पुलको काम समेत अब सुरु हुने भएको छ । सो पुलको काम आगामी पुस अन्तिम वा माघको पहिलो सातदेखि सुरु हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका नेता र उर्मिला अर्यालको नाम माओवादीले केन्द्रीय सदस्यको सूचीबाट हटायो
-
रास्वपा, जसपा र उन्मुक्तिलाई सरकारमा ल्याउने प्रयास जारी छ : एमाले
-
एमाले सरकार ढलेपछि नागरिक उन्मुक्ति पार्टीले भन्यो– सुदूरपश्चिम सरकारमा भूकम्प गयो
-
महरा नेतृत्वको वार्ता टोलीले कर्णजीत बुढा नेतृत्वको पार्टीसँग गर्यो वार्ता
-
एमाले नेताहरुको जिम्मेवारी हेरफेर : २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, सरकार ढल्यो