किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
विहीबार, २२ मंसिर २०७९, १२ : २४

१६ वर्षीय किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका ( ९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले जनाएको छ । उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ वसन्तपुरस्थित एक होटलमा जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।
उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर
-
‘मेडिकल शिक्षाका विषय चिकित्सा शिक्षा आयोगलाई भारी’
-
सरकारी जग्गाको संरक्षणका लागि ‘एक्सन’मा उत्रिँदै वीरेन्द्रनगर नगरपालिका
-
बिहीबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने
-
हेल्मेटमा लुकाएको १८ लाखसहित दुईजना पक्राउ
-
ईबा वर्ल्ड वुमन्स बक्सिङका लागि तीन जना छनौट