शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लण्डनमा आयोजित फेसन अवार्डको रेड कार्पेटमा नेपाली फेसन डिजाइनर संयुक्ताको भेगन पोसाक

बिहीबार, २२ मङ्सिर २०७९, १२ : ४९
बिहीबार, २२ मङ्सिर २०७९

सस्टेनेबल फेसन डिजाइनरको रुपमा परिचित संयुक्ताले यस वर्षको फेसन अवार्डको लागि रोयल अल्बर्ट हलमा आफ्नो भेगन ब्ल्याक कचर पोशाक लगाएर रातो कार्पेटमा सबैलाई चकित पारिन् । सोमबार लण्डनमा आयोजित उक्त रेड कार्पेटमा विश्वभरका सेलिब्रेटीहरूले भाग लिएका थिए ।

ब्रिटिस फेसन अवार्ड्स एउटा यस्तो स्थान हो जहाँ फेसनको उत्सव मनाइन्छ । यतिबेला ब्रान्ड, सृजनशीलता, डिजाइनर, कलाकार र टेस्टमेकर एउटै स्थानमा आउँछन् र यस उद्योगका लागि उत्सव मनाउँछन् । यस वर्ष यो कार्यक्रमले सुपरमोडल, फेसन डिजानर र सेलिब्रिटीलाई एकै स्थानमा ल्याएको छ । स्टार स्टडेड रेड कार्पेटमा जिन पल गल्टियर, भ्यालेन्टिनोको पियर पाओलो पिचियोली, फ्लोरेन्स पग, रिटा ओरा, नाओमी क्याम्पबेल, विनी हार्लो, पोपी डेलिभिङ, एरिन ओ कोनर, एशले ग्राहम, रोजी एचडब्ल्यू, टिल्डा स्विन्टन, माया जामालगायत धेरै सेलिब्रिटीको उपस्थिति रह्यो ।

‘म फेसन अवार्ड २०२२ मा आमन्त्रित हुन पाउँदा अत्यन्तै विशेष महसुस गर्छु । म ब्रिटिश फेसन काउन्सिल र सबै सेलिब्रेटीहरूप्रति धेरै आभारी छु, जसलाई मैले फेसन अवार्डको रेड कार्पेटमा भेटेँ । मैले त्यहाँ आफूलाई धेरै नै स्वागत गरिएको पाएँ,’ अन्तर्राष्ट्रिय रुपमा चर्चित कार्यक्रममा भाग लिने पहिलो र एक्ली नेपाली मूलकी डिजानर संयुक्ताले भनिन् ।

‘ग्रिन गडेस’, ‘ग्रेटा अफ वेडिङ वर्ल्ड’ समेत भनेर चिनिने संयुक्ताका पहिरन ‘द ओस्कार’, ‘बाफ्टा’, ‘कान्स’ लगायतका बहुचर्चित कार्यक्रममा पनि प्रशंसित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप