शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक वर्षमा २४ हजार ५३८ सवारी दुर्घटना, २८८३ जनाको मृत्यु

बिहीबार, २२ मङ्सिर २०७९, १२ : ५२
बिहीबार, २२ मङ्सिर २०७९

आर्थिक वर्ष २०७८–७९ मा सवारी दुर्घटनाबाट देशभर २ हजार ८८३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ७ हजार २८२ जना घाइते भएका राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । 

आयोगको आव ७८७९ को वार्षिक प्रतिवेदनअनुसार नेपालमा गत वर्ष २४ हजार ५३८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनाको मुख्य कारण पुराना सवारी साधनको प्रयोग, सवारी साधनको भार बहन क्षमताभन्दा बढी यात्रु आदि रहेका आयोगले उल्लेख गरेको छ । 

दुर्घटनाका अन्य कारणहरूमा कमजोर र गुणस्तरहीन सडक, बिना मापदण्ड सडक निर्माण, चालकको लापरबाही, जनचेतनाको कमी लगायतले दुर्घटना बढिरहेको प्रतिवेदनमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप