बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

विहीबार, २२ मंसिर २०७९, १३ : ०३
विहीबार, २२ मंसिर २०७९

सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार  गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार भएको हो । 

तथ्यांकअनुसार आर्थिक वर्ष २०७६-७७ मा ८७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ । २०७७-७८ मा १०३ जना र आव  २०७८-७९ को जेठ मसान्तसम्म १६० जनाको उद्धार गरेको हो । 

आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिसकेको छ ।  बुधबार आयोगले वार्षिक प्रतिवेदन पेस गरेको जनाएको छ ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप