राष्ट्रिय विभूतिहरुलाई चिनाउनु हाम्रो कर्तव्य हो : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताएकी छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । मन्त्री रेग्मीले राष्ट्रिय विभूतिहरूलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको पनि बताइन् । रेग्मीले संस्कृतिलाई बिर्सिन थाले देशमा पाश्चात्य संस्कृतिको हाबी हुने भएकाले राष्ट्रिय विभूति र संस्कृतिको संरक्षणमा जुट्न आग्रह गरिन् ।
उनले भनिन्– ‘हामीले जगेर्ना नगर्ने हो भने संस्कृति मासिन्छ । राष्ट्रिय विभूतिहरूलाई चिनाउनु हाम्रो कर्तव्य हो । संस्कृतिलाई बिर्सिन थाले हाम्रो देशमा पाश्चात्य संस्कृतिले पेलेर अघि बढ्छ । त्यसैले विभूतिको सम्झनामा ग्रन्थहरु लेख्नुपर्छ । चिनाउने गर्नुपर्छ । हरेक संस्कृतिको धरोहरहरुको खोजी गरेर आफ्नो संस्कृतिको खोजी गर्नुपर्छ ।’
मन्त्री रेग्मीले हरेक संस्कृतिको धरोहरहरुको खोजि गरी संरक्षण संवर्द्धनमा लाग्नुपर्ने अहिलेको आवश्यकता भएको बताइन् । मन्त्री रेग्मीले भृकुटीको शालिकसँगै ‘भृकुटी फन पार्क’ को पनि उद्घाटन गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेस्तोल र गोलीसहित मिटर ब्याजी पक्राउ
-
साताको सेयर बजार : ८९ अंकले नेप्से घट्दा १२ अर्ब ८१ करोडको कारोबार
-
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता
-
विश्वासको मतको सकस : सुदूरपश्चिमका मुख्यमन्त्री दोस्रो पटक काठमाडौँमा
-
अग्नि सापकोटा माओवादीको केन्द्रीय सदस्यमा मनोनित
-
कांग्रेसबाट पन्त र गुरुङमध्ये एक राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बन्ने