चिसोका कारण महोत्तरीमा बढे बिरामी
विहीबार, २२ मंसिर २०७९, १४ : ४१

महोत्तरीमा चिसोका कारण बिरामीको संख्या बढ्न थालेको छ । बाक्लो हुस्सु र कुहिरो लागेका मौसम प्रतिकूल बन्दै गएपछि चिसोका कारण बिरामीको संख्या बढ्न थालेको हो ।
एक सातादेखि स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीकहरुले बताएका छन् । चिसोका कारण ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरिया लगायतका बिरामीको संख्या बढेको उनीहरूको भनाइ छ ।
चिसो बढ्न थालेपछि बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिला प्रभावित भएका छन् । कमजोर आर्थिक अवस्था भएकाहरू समेत जाडोको चपेटामा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीडीपीमा सहकारीको योगदान २० प्रतिशत माथि छ : सचिव डा.रेग्मी
-
विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती
-
ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा छोराको मृत्यु
-
बढ्दो छ बैंकिङ कसूरका घटना
-
वर्षौँदेखि खुला आकाशमा रात बिताउँदै बीजमायाको परिवार
-
फ्रान्सको क्यालेस बन्दरगाहबाट ३५० केजी लागुऔषध बरामद