बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनताले मानवअधिकारको महसुस गर्न सकेनन् : उपराष्ट्रपति पुन

बिहीबार, २२ मङ्सिर २०७९, १५ : ४६
बिहीबार, २२ मङ्सिर २०७९

उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाहरुको पूर्ण रुपमा लागू गर्न ध्यानाकर्षण गराएका छन् । बिहीबार काठमाडौंमा आयोजित १४ औँ राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सो कुरा बताएका हुन् ।

उपराष्ट्रपति पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाहरुलाई पूर्ण रुपमा लागू गराउन सबैको ध्यानाकर्षण गराएका हुन् । उनले मानव अधिकार उल्लंघनका घटनाहरू अझै पनि नरोकिएको बताए । उनले सबै जनताले मानव अधिकार पाएको महसुस गर्न नसकेको बताए । उपराष्ट्रपति पुनले मानव अधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यले पछि पारेका जाति र वर्गहरुको लागि आवश्यक रहेको बताए ।  उनले मानव अधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने बताए ।

उनले भने– ‘मानवअधिकार उल्लंघनका घटनाहरू रोकिएका छैनन् । जनताले सम्पूर्ण मानव अधिकार पाएको महसुस गर्न सकिरहेको अनुभूति हुँदैन । मानव अधिकार सबैका लागि हो । र वास्तविक अर्थमा मानव अधिकार आवाज विहीन, शोषित, उत्पीडित, सिमान्तकृत र राज्यले पछाडि पारेका जाति र वर्गहरुका लागि हो । मानव अधिकारको कार्यान्वयन समाजको उन्नति र प्रगतिका लागि हो । जहाँ मानव अधिकारको पूर्ण पालना हुन्छ, त्यहाँ विभेद, उत्पीडन, गरिवी, अभाव, अन्याय, अत्याचार अर्थात् शोषण हुँदैन । यी सबै कारण मानव अधिकारको सम्मान, संरक्षण र पालना गर्न अनिवार्य छ । मानव अधिकारका प्रत्याभुतिका लागि कानूनी व्यवस्थाहरुको पूर्ण लागू गर्न आवश्यक छ । म त्यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उपराष्ट्रपति पुनले आगामी दिनमा संघ र प्रदेशमा बन्ने सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गरे । उनले भने– ‘निर्वाचनको पूर्ण परिणाम सँगै संघ र सात प्रदेशमा सरकार बन्नेछ । ती सरकारहरुले देशको विकास र समृद्धिको लागि र मानव अधिकारका क्षेत्रहरूमा, सुशासनका क्षेत्रहरूमा राम्रो काम गर्ने छन् भन्ने कुरा पनि म विश्वास लिएको छु । अर्थात् सुशासनका क्षेत्रमा पक्कै पनि आजका दिनभन्दा आगामी दिनहरु अझै राम्रा र अझै प्रगतिशील र मानव अधिकारका क्षेत्रमा पक्कै पनि धेरै प्रगति हुनेछ भन्ने हामी सबैले विश्वास गर्दछौँ ।’

उनले विकास र समृद्धिका लागि पनि दुवै तहको सरकारले काम गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप