बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

९६ समानुपातिक सांसद छान्न जुट्यो कांग्रेस

बिहीबार, २२ मङ्सिर २०७९, १५ : ५३
बिहीबार, २२ मङ्सिर २०७९

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छनोटका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । 

उनका अनुसार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समानुपातिक उम्मेदवारको छनोटको मुख्य एजेण्डा छ । चुनावी समीक्षाका लागि केही दिनपछि केन्द्रीय समिति बैठक बस्ने उनको भनाइ छ ।  कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ र सातै प्रदेश गरी प्रदेशसभा समानुपातिकतर्फ ६४ सिट पाएको छ । बैठकले ११० उम्मेदवार मध्ये ३२ जना छनोट गरी निर्वाचन आयोगमा बुझाउने छ । 

यस्तै प्रदेश १ मा १२, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा १२ गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ सिट पाएको छ । प्रदेश १ मा ३७ उम्मेदवार मध्ये कांग्रेसले १२ छनोट गर्ने छ भने मधेस प्रदेशका ४३ उम्मेदवार मध्ये ९ जना सांसद बन्ने छन् ।

बागमती प्रदेशका ४४ जना उम्मेदवारबाट कांग्रेसले १२ जना छान्दा गण्डकी प्रदेशका २४ जना उम्मेदवार मध्ये ९ जना सांसद चयन हुने छन् । लुम्बिनी प्रदेशका ३५ जना उम्मेदवारबाट कांग्रेसले १० जना सांसद छान्ने छ भने कर्णालीका १६ जना उम्मेदवारबाट ५ जना सांसद हुने छन् । यस्तै सुदूरपश्चिम प्रदेशका २१ जना समानुपातिक उम्मेदवार मध्ये कांग्रेसले ७ जना चयन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप