शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी युवा नेताहरूले खोज्न थाले पार्टीका कमीकमजोरी

बिहीबार, २२ मङ्सिर २०७९, २२ : ३२
बिहीबार, २२ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रका युवा नेताहरूले पार्टीका कमीकमजोरी खोतल्न थालेका छन् ।  हरेक निर्वाचनमा एकपछि अर्को गर्दै पार्टी खुम्चिँदै जान थालेपछि  युवा नेताहरूले आफ्नै पहलमा छलफल अघि बढाएका हुन् । 

पार्टीका युवा नेता लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’ रामदीप आचार्य, डिपी ढकाल, लगायत नेताहरू छलफलमा जुटेका हुन् । पार्टीको भविष्यलाई लिएर युवा नेताहरूले  चिन्ता व्यक्त गर्दै बहस र छलफललाई अघि बढाई रहेका छन् ।  ‘माओवादी पार्टी यति धेरै संघर्ष गरेर आएको एकपछि अर्को चुनावमा खुम्चिँदै गयो । किन पार्टी कमजोर भएर सकिँदै गयो ? भन्ने विषयमा आफैले आफूलाई प्रश्न गरेर खोतल्न थालेका छौं’  ढकालले भने, ‘अब हामी पार्टी निर्माणमा जुट्ने हो । यदि हामीले पहल लिएनौ भने अझ कमजोर हुने देखियो । त्यसैले बहस र छलफल गरेर युवाहरू पार्टी निर्माणमा जुट्नुपर्छ भन्ने छ ।’

माओवादी पार्टीलाई भर्खरै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती दिन थालेपछि युवा नेताहरू चिन्तित भएका छन् । अब यस्तै अवस्था भए आउने चुनावमा माओवादी सिंगल डिजिजमा पुग्न सक्ने भएकाले बेलैमा सजग हुनुपर्ने भन्दै नेताहरूले बहस र छलफल थालेका हुन् । पछिल्लो समय पार्टीको भविष्यलाई लिएर युवा नेताहरू निकै तातेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप