आइतबार, २२ माघ २०७९
ताजा लोकप्रिय

विद्युत खपत बढाउन पूर्वाधार विकासमा लगानी बढाएका छौँ : कुलमान घिसिङ

विहीबार, २२ मंसिर २०७९, १६ : ३१
विहीबार, २२ मंसिर २०७९

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित रहेको बताएका हुन् । 

उनले नेपालमा उत्पादन विद्युत नेपालमा नै खपत बढाउनको लागि विभिन्न इभि एक्स्पोहरु भइरहेको बताए । घिसिङले विद्युत खपतको लागि चार्जिङ स्टेसनहरु बिस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताए । उनले विद्युत प्रशारण, वितरण र सव स्टेशनको विकास नभइ विद्युत खपत बढाउन नसक्ने बताए । उनले प्राधिकरण गुणस्तरीय विद्युत र चाहे जति विद्युत सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताए । घिसिङले गाउँ गाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताए ।

उनले भने– ‘अहिले नेपालमा नै विद्युत खपत बढाउनको लागि इभि एक्स्पोदेखि इभिको प्रमोसन भएको छ । चार्जिङ स्टेशनहरु बढेको छ । प्राधिकरण इन्डक्स कुकिङको कुरा गरिरहेका छौं । सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि निरन्तर लागिरहेका छौं । विद्युत प्रशारण वितरण र सव स्टेशनको विकास नभइ धेरै विद्युत खपतको अपेक्षा गर्न सक्दैनौं । विद्युतीय पूर्वाधार निर्माणमा प्राधिकरणको ठूलो लगानी भइरहेको छ । प्राधिकरण निरन्तर,गुणस्तरिय विद्युत र चाहेजति विद्युत सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा छौं । गाउँ गाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा पुग्दैछौं । यसले विद्युतीय उपकरणको खपत बढ्ने विश्वास लागेको छ । केही वर्षपछि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्था आउँदैन । वर्षाको समयमा विद्युत निर्यात गरिरहेका छौं । विद्युत निर्यात गर्नु सरकारको सफलता होइन तर खपत नभएको विद्युतलाई खेर फाल्नु भन्दा निर्यात नै गर्नुपर्छ । विद्युत खपत बढाउने हो । विद्युत खपतमार्फत नै समृद्धि हुन्छ । एक युनिक विद्युत पनि खेर फाल्नु हुँदैन ।’

उनले अबको २ वर्षपछि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्था नआउने बताए । उनले वर्षाको समयमा विद्युत निर्यात गरिरहेको भन्दै विद्युत निर्यात गर्नु सरकारको सफलता नभएता पनि खपत नभएको विद्युतलाई खेर फाल्नु भन्दा निर्यात गर्नु राम्रो भएको बताए । उनले  विद्युत खपत बढाए मात्रै मुलुकमा समृद्धि आउने भन्दै एक युनिक विद्युत पनि खेर फाल्न नहुने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप