बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘जोस छ जवानी’ मा साम्राज्ञीको बोल्ड नृत्य

बिहीबार, २२ मङ्सिर २०७९, १७ : २१
बिहीबार, २२ मङ्सिर २०७९

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’ को नयाँ गीत ‘जोस छ जवानी’ सार्वजनिक गरिएको छ । निर्माण युनिटले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो ।

गीतमा साम्राज्ञी र पुष्पको अलवा अभिनेता सन्दीप क्षेत्री पनि देखिएका छन् । गीतमा साम्राज्ञीको एकदमै आकर्षक नृत्य देख्न सकिन्छ । थुप्रै कोरस समेत प्रयोग गरिएको गीतमा साम्राज्ञी र पुष्पको जोडी गजवले जमेको छ । गगीतको कोरियोग्राफी रामजी दाहालले गरेका हुन् । 

रमेश एमके पौडेलको शब्द तथा योगेश काजी शाहको संगीत रहेको गीतमा सारिका घिमिरे र योगेश काजले स्वर भरेका छन् । गीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन ।
आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने फिल्म माया, प्रेम र बदलाको कथामा निर्माण भएको हो । रमेश एमके पौडेल निर्देशित फिल्ममा पुष्प र साम्राज्ञी, सन्दीपको अलवा इमिली लामा, सरोज खनाल, दीपिशा केसी, खड्कबहादुर पुन (खबपु) लगायतको मुख्य भूमिका छ । निर्देशक पौडेलको यो निर्देशनमा डेव्यु फिल्म हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वयंको कथा, गीत र लगानी रहेको छ ।

सबिर श्रेष्ठ तथा बाबुराम निरौलाको लेखन रहेको फिल्म  आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको हो । पासाङ लामा निर्माता रहेको फिल्ममा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधीर पराजुली सह–निर्माताको रूपमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप