‘जोस छ जवानी’ मा साम्राज्ञीको बोल्ड नृत्य
अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’ को नयाँ गीत ‘जोस छ जवानी’ सार्वजनिक गरिएको छ । निर्माण युनिटले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो ।
गीतमा साम्राज्ञी र पुष्पको अलवा अभिनेता सन्दीप क्षेत्री पनि देखिएका छन् । गीतमा साम्राज्ञीको एकदमै आकर्षक नृत्य देख्न सकिन्छ । थुप्रै कोरस समेत प्रयोग गरिएको गीतमा साम्राज्ञी र पुष्पको जोडी गजवले जमेको छ । गगीतको कोरियोग्राफी रामजी दाहालले गरेका हुन् ।
रमेश एमके पौडेलको शब्द तथा योगेश काजी शाहको संगीत रहेको गीतमा सारिका घिमिरे र योगेश काजले स्वर भरेका छन् । गीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन ।
आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने फिल्म माया, प्रेम र बदलाको कथामा निर्माण भएको हो । रमेश एमके पौडेल निर्देशित फिल्ममा पुष्प र साम्राज्ञी, सन्दीपको अलवा इमिली लामा, सरोज खनाल, दीपिशा केसी, खड्कबहादुर पुन (खबपु) लगायतको मुख्य भूमिका छ । निर्देशक पौडेलको यो निर्देशनमा डेव्यु फिल्म हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वयंको कथा, गीत र लगानी रहेको छ ।
सबिर श्रेष्ठ तथा बाबुराम निरौलाको लेखन रहेको फिल्म आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको हो । पासाङ लामा निर्माता रहेको फिल्ममा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधीर पराजुली सह–निर्माताको रूपमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण