एनसेलले माग्यो सेवाग्राहीसँग माफी

बिहीबार बिहानदेखि एनसेलको सेवा अवरुद्ध भएको थियो । एनसेलले एक सूचना जारी गर्दै माफी मागेको छ । सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध भएको हो ।
एनसेलले कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको र अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि माफी समेत मागेको छ ।
यस्तै, अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैलाई अनुरोध गरेको छ ।
सूचनामार्फत एनसेलले भनेको छ, ‘हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं । साथै, हामी भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिवद्ध छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
मनाङ अस्पतालमै छैन एम्बुलेन्स
-
‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय उडान दुई घण्टा अवरुद्ध
-
नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा जिसी