पाल्पामा घर प्लास्टर गर्दा खसेर एक मजदुरको मृत्यु
विहीबार, २२ मंसिर २०७९, १७ : ५८

घर प्लास्टर गर्ने क्रममा खसरे पाल्पाको रामपुरमा एक जना मजदुरको मृत्यु भएको छ । बिहीबार रामपुर नगरपालिका–५, बेझाडस्थित दुर्गा केसीको चार तले पक्की घर प्लास्टर गर्ने क्रममा घरमाथिबाट खसेर पर्सा छिपहरमाई वडा नं. ३ मंगलापुरका २५ वर्षीय गजेश कुसुहवाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
घर प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका कुशवाहालाई उपचारका लागि रामपुर अस्पताल पठाएको थियो । यद्यपि रामपुर अस्पतालमा समेत कुसुहवाको उपचार हुन नसकेपछि थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको थियो । उक्त अस्पतालमा उपचारको क्रममा घाइते कुसुहवाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा न्यौपाने
-
विराटनगर महानगरको गैरकानुनी सूचना
-
लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन
-
टर्कीका भूकम्प पीडितका लागि संकलित राहत सामाग्री जजिरा र टर्किस एयरलाइन्सले सित्तैमा लगिदिने
-
मादी गाउँपालिका केन्द्र हेरफेरविरुद्धको रिट खारेज
-
माओवादी केन्द्रमा पुरानै कार्यविभाजन ब्युँतियो