समानुपातिकमा अपाङ्ग कोटालाई प्राथमिकता नदिए आन्दोलन गर्छौँ : कांग्रेस नेता गुप्ता

नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार–प्रसार प्रमुख नितेशकुमार गुप्ताले राजनीतिक दलले राखेको समानुपातिक समावेशी बन्दसूचीमा परेका अपाङ्ग भएको व्यक्तिलाई प्राथमिकता नदिए आन्दोलन गर्न चेतावनी दिएका छन् ।
बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित अपाङ्गता महिलामाथि हुने हिंसा विरुद्धको अभियानमा हाम्रो एकवद्धता भन्ने मुल नाराका साथ अन्तरक्रिया कार्यक्रममा गुप्ताले यस्तो बताएका हुन् ।
समानुपातिक समावेशी बन्दसूचीमा परेका अपाङ्ग भएको व्यक्तिलाई देशका सबै ठूला दलले प्राथमिकता नदिए आफूहरू आन्दोलनमा जाने समेत चेतावनी दिए । ‘संविधानमा भएको व्यवस्था अनुसार कसैलाई भेदभाव गर्नु अन्याय हुनेछ । देशमा स्वतन्त्रता स्वाभिमानको पहिचान अपाङ्ग अधिकार सुनिश्चित हुनुपर्छ,’ उनले भने, ‘अहिले वर्तमान परिस्थितिमा सबै नागरिकको सम्मान हुनुपर्छ ।’
गुप्ता लामो समयदेखि नेपाली काँग्रेसको राजनितिका अलावा अपाङगताको क्षेत्रमा काम गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु