बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युक्रेनको ऊर्जा पूर्वाधारमा थप प्रहार गर्ने रुसी राष्ट्रपति पुटिनको उद्घोष

विहीबार, २२ मंसिर २०७९, २२ : ३०
विहीबार, २२ मंसिर २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् । यद्यपि रुसको यो कदमको भने विश्वव्यापी रूपमा आलोचना भइरहेको छ । जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन् ।

“छिमेकी देशको ऊर्जा पूर्वाधारमा हाम्रो स्ट्राइकको बारेमा धेरै हल्ला छ । हो, हामी गर्छौं । तर कसले सुरु गर्यो ?” पुटिनले क्रेमलिनमा एक पुरस्कार वितरण समारोहमा भने, “आलोचनाले हाम्रो लडाइँ अभियानमा हस्तक्षेप गर्दैन ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप