शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्रान्समा १८ देखि २५ वर्षका युवालाई निःशुल्क कन्डम दिइने

शुक्रबार, २३ मङ्सिर २०७९, १० : ३१
शुक्रबार, २३ मङ्सिर २०७९


फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नयाँ वर्षको सुरुवातदेखि नै औषधीका पसलमा १८ देखि २५ वर्षका युवालाई निःशुल्क कन्डम दिइने घोषणा गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार म्याक्रोनले पत्रकार सम्मेलनमा भने, ‘जनवरी १ देखि १८ देखि २५ वर्ष उमेर समूहका सबै युवाहरूले फार्मेसी पसलहरूमा निःशुल्क कन्डम पाउन सक्नेछन् ।’

यौनजन्य रोग फैलिन नदिन र अनिच्छित गर्भधारण हुन नदिन यो कदम चालिएको सरकारको भनाइ छ ।

डाक्टर वा मिडवाइफको प्रिस्क्रिप्शनमा कण्डम खरिद गर्दा लाग्ने खर्च फिर्ता पाउने व्यवस्था देशमा पहिले नै छ ।

यसै वर्ष फ्रान्स सरकारले १८ देखि २५ वर्ष उमेरका सबै महिलालाई निःशुल्क गर्भनिरोधक सुविधा लागू गरेको थियो ।

फ्रान्सका स्वास्थ्य अधिकारीहरूले सन् २०२० र २०२१ मा देशमा यौनजन्य रोगहरू फैलिने दर ३० प्रतिशत रहेको अनुमान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप