शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्जेन्टिनाले विश्वकप जितोस् भन्ने चाहना छ : योगेश भट्टराई

शुक्रबार, २३ मङ्सिर २०७९, १२ : ०२
शुक्रबार, २३ मङ्सिर २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराईले यो पटकको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितोस भन्ने चाहना रहेको बताएका छन् ।

रातोपाटीको विश्वकप महासंग्राममा बोल्दै भट्टराईले आफूलाई अर्जेन्टिना र मेस्सी पहिले देखि नै मनपर्ने भएकाले विश्वकपको उपाधि अर्जेन्टिनाले जितोस् भन्ने चाहना भएको बताए ।

‘मैले समर्थन गर्ने टिम पहिले देखि नै अर्जेन्टिना हो । यो पटकको विश्वकपको उपाधि अर्जेन्टिनाले नै जितोस भन्ने चाहना छ,’ भट्टराईले भने ।

भट्टराईले अर्जेन्टिनाको खेल कहिले राम्रो कहिले अलि खस्केको जस्तो देखिने भएपनि पछिल्लो दुई खेलमा गरेको प्रदर्शनले अर्जेन्टिनाले उपाधि जित्नै नै आएको जस्तो देखाएको बताए ।

‘अर्जेन्टिनाको खेलमा कहिलो तल–माथि देखिन्छ त्यसैले डर लागेको छ । तर, अर्जेन्टिनाले जित्छ भन्नेमा विश्वस्त छु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप