युगान्डामा इबोला परीक्षण खोपको १२ सय मात्रा प्राप्त

युगान्डाले बिहीबार इबोला परीक्षण खोपको बाह्र सय मात्रा प्राप्त गरेको छ । युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ एसेङ्गले राजधानी कम्पालाबाट ४० किलोमिटर दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट परीक्षण खोपको बाह्र सय मात्र प्राप्त भएको बताए ।
इबोलाको प्रकोप घट्दै गएको समयमा खोप आएको भएपनि थप प्रकोप भएमा देश तयार छ भनी सुनिश्चित गर्न अनुसन्धान जारी रहने मन्त्रीले बताएका छन् । प्रभावकारिता र सुरक्षा निर्धारण गर्न प्रारम्भिक अध्ययनहरूमा परीक्षण गरिएको युगान्डामा खोप हस्तान्तरण गर्ने डब्ल्यूएचओ कन्ट्री अफिसका घटना प्रबन्धक चार्ल्स नजुगुनाले बताएका छन् ।
सबैभन्दा ठूलो जोखिममा भएकाहरूलाई परीक्षण खोप हस्तान्तरण गरिने र परीक्षणमा सहभागिता स्वैच्छिक र निःशुल्क रहने पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध, सरकार बेखबर
-
न्यून मूल्याङ्कनका कारण बीमाप्रति आकर्षण बढ्न नसकेको हो : अध्यक्ष यादव
-
मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा किन भयो ढिलाइ ?
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकमा अघि बढाइने
-
भारतमा आज बजेट भाषण
-
एसीसी प्रिमियर कप नेपालले आयोजना गर्ने