बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा पिकअपको ठक्‍करबाट पैदल यात्रीको मृत्यु, एक घाइते

शुक्रबार, २३ मङ्सिर २०७९, १२ : ४८
शुक्रबार, २३ मङ्सिर २०७९

सिरहामा पिकअपको ठक्‍करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । लहान नगरपालिका( ३ मा बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका- २३ का २४ वर्षीय मुकेश साह र २२ वर्षीय विवश खनाल घाइते भएका थिए । 

घाइते दुवैको धमिनी अस्पतालमा उपचार भइरहेकामा उपचारकै क्रममा मुकेशको भने मृत्यु भएको हो । बिहीबार राति साढे ११ बजे बा १९ च ६९३२ नम्बरको पिकअपले पैदल यात्रीद्वयलाई ठक्‍कर दिएको हो । 

सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप