शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चन्द्रागिरि साहित्य प्रतिष्ठानको काव्य गोष्ठी सम्पन्न

शुक्रबार, २३ मङ्सिर २०७९, १२ : ५९
शुक्रबार, २३ मङ्सिर २०७९

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३१ औँ काव्य गोष्ठी शृङ्खला भव्यताका साथ सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व एवं ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासङ्घ, नेपालका सल्लाहकार मणिराज सिंहको प्रमुख आतिथ्यमा उक्त काव्यगोष्ठी सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले चन्द्रागिरिको कार्यक्रम नियमित भइरहेको र यसले नयाँ स्रष्टालाई साहित्य लेखनमा प्रेरित गर्ने बताए । उनले भने, “यस्ता कार्यक्रमले नयाँ स्रष्टामार्फत भाषा र साहित्यको सेवामा निरन्तर योगदान गरेको छ ।” 

काठमाडौँमा भरर्खरै सम्पन्न भएको नेपाल–भारत कविता महोत्सवमा सहभागी हुनेहरूलाई धन्यवाद दिँदै उनले आगामी २०२३ मार्चमा नेपाल–भारत साहित्य महोत्सव २०२३ हुन लागेको जानकारी पनि दिए ।  कार्यक्रमका विशिष्ठ अतिथि कलानिधि दाहालले कविता लेख्दा पारिवारिक पृष्ठभूमिका मात्र लेख्नु नहुने बताए । उनले भने, “साहित्य आफूलाई चासो लाग्ने चिज मात्र होइन, आज वाचित केही कविता प्रकृतिमा दर्शन मिसिएका पनि आएकोमा खुुसी लागेको छ ।” 

अर्का विशिष्ट अतिथि गङ्गा लिगलले चन्द्रागिरि साहित्य प्रतिष्ठान नेपालको नियमित कार्यक्रमप्रति खुसी व्यक्त गर्दै शुभकामना व्यक्त गरे । सो क्रममा उनले कवितासमेत वाचन गरे ।  सीता पाण्डेको उद्घोषणमा सञ्चालित काव्य गोष्ठीमा अतिथि साहित्यकारहरू क्रमशः आर्त अकुलीन, लक्ष्मीप्रसाद मिश्र, शारदा आचार्य, अनुराधा थापा, टेकबहादुर लौडारी, सङ्गीता ठाकुर, सविता केसी, उत्तम भेटवाल, चन्द्रावती अधिकारी, चूडा निर्भीक, सुरेश घिमिरे, सिर्जना खनाल, जानुका थापा, विनु बाबा घिमिरे, प्रेम थापा सुमित्रा थामी, उमा ओडारीलगायत २२ जना सर्जकले आ-आफ्ना रचना कविता, खोरिया, मुक्तक, उदक, पञ्चाङ्ग, सुसेलीलगायत वाचन गरेका थिए ।

कार्यक्रमका सभापति जनार्दन अधिकारी धड्कनले खोरियाको प्रवर्तकको रूपमा खोरिया लेखनको सैद्धान्तिक अवधारणा प्रस्तुत गरे । उनले भने, “खोरियामा ४ पङ्क्तिको संरचना हुन्छ । त्यसभित्र ३ पङ्क्ति ८÷८, ८ अक्षरका हुने र चौथो पङ्क्तित ५ अक्षरको हुन्छ । जम्मा जम्मा २९ अक्षरमा पूर्ण खोरिया बन्छ ।” 

विश्वभर छरिएर रहेका स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जालमार्फत हरेक बुधबार खोरिया लेखन अभ्यास गरिरहेकोमा गर्व लागेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप