बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारत अमेरिकाको सहयोगी मात्र होइन... यो एक महाशक्ति बन्नेछ : अमेरिका

शुक्रबार, २३ मङ्सिर २०७९, १३ : २२
शुक्रबार, २३ मङ्सिर २०७९

अमेरिकाको जो बाइडेन प्रशासनका एक उच्च अधिकारीले भारत आगामी दिनमा विश्वको महाशक्ति बन्ने बताएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार अमेरिकी अधिकारी कर्ट क्याम्पबेलले बिहिबार आयोजित एस्पेन सेक्युरिटी फोरममा भारतसँग सम्बन्धित प्रश्नमा यस्तो बताएका हुन् ।

उनले भने, ‘भारतको एक विशेष रणनीतिक स्थिति छ । यो अमेरिकाको सहयोगी मात्रै हुनेछैन । यो एक स्वतन्त्र र शक्तिशाली देश बन्न चाहन्छ । र यो एक महाशक्ति बन्नेछ । तर मलाई लाग्छ कि हाम्रो रणनीतिक साझेदारी हरेक क्षेत्रमा बढिरहेको छ ।’

क्याम्पबेलले दुई देशबीचको बढ्दो साझेदारी निकै महत्त्वपूर्ण भएको बताए ।

उनले भने, ‘मलाई लाग्दैन कि भारत र अमेरिकाबीचको रणनीतिक साझेदारी विगत २० वर्षमा जुन गतिमा गहिरो र सुदृढ भएको छ त्यो अन्य कुनै देशसँग छ ।’

उनले भारत र अमेरिकाबीचको सम्बन्ध चीनसँगको चासोमा मात्र आधारित नभएको बताए । सोही अवसरमा क्याम्पबेलले भारत सरकार क्वाडको बारेमा विश्वस्त नभएको स्वीकार गरे ।

उनले भने, ‘उनको (भारतीय) ब्युरोक्रेसीमा केही व्यक्तिहरू क्वाडको पक्षमा थिएनन् । तर जब राष्ट्रपति बाइडेनले बारम्बार पीएम मोदीलाई सीधा अपील गरे, उनले निर्णय गरे कि यो उनीहरुको पक्षमा थियो ’

यसका साथै उनले भने, ‘मलाई लाग्छ कि कुनै सम्बन्धमा केही महत्वाकांक्षा हुनुपर्छ । हामीले सँगै गर्न सक्ने कुराहरूमा ध्यान केन्द्रित गर्नुपर्छ, चाहे त्यो अन्तरिक्ष क्षेत्र होस् वा शिक्षा, प्रविधि र जलवायु परिवर्तन । यस्ता क्षेत्रमा मिलेर काम गरेर अगाडि बढ्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप