लागु औषधसहित ५ जना पक्राउ
शुक्रबार, २३ मंसिर २०७९, १४ : ३५

मकवानपुरको मनहरी र सर्लाहीको कबिलासी गाउँपालिकाबाट प्रहरीले लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पक्राउ पर्नेमा सोही गाउँपालिका–७ बस्ने ३५ वर्षीय हरिकृष्ण अधिकारीसहित दुईजना छन् । आरोपीहरुको साथबाट गाँजाको धुलो ३८ केजी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सर्लाहीबाट कबिलासी नगरपालिका–१० सलेमपुर बस्ने ४५ वर्षीय शिवनारायण रायसहित ३ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट गाँजा ३ सय ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । रायले आफ्नै भैसी फर्ममा गाँजा बिक्री गरिरहेको सुराक पाएपछि प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने