कोका–कोलाद्वारा नेपाली आप्रवासी कामदारलाई फुटबल हेर्ने मौका प्रदान

वर्ल्डकप २०२२ को लागि कतारमा रंगशाला निर्माणमा काम गरेका नेपाली कामदारहरु मध्य कतारमै बसोबास गर्दै आएका ७ जनालाई कोका–कोला नेपालले रंगशालामै प्रत्यक्ष रुपमा वल्र्डकप हेर्ने अवसर प्रदान गरेको छ ।
आफ्नो परिवारको सुख र खुशीको लागि अवसरको खोजीमा विदेशीएका नेपालीहरुको निःस्वार्थपन र अथक प्रयासको सम्मान स्वरुप कम्पनीले उक्त पहल लिएको कोका–कोला नेपालले जनाएको छ ।
यसबारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “कोका–कोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ र यस वर्ष हामीले विश्वकपको लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीहरुको लागि केही गर्न चाहन्थ्यौं । उहाँहरुको कडा परिश्रम र त्याग साँच्चै प्रेरणादायी छ र हामी वहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छौं । वहाँहरुले प्रत्यक्ष खेलको रमाइलो अनुभव लिनुभयो होला भन्ने हामी आशा गर्दछौँ ।”
कोका–कोलाले यो भन्दा अगाडि पनि आफ्नो दसैंँ क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारहरूलाई कतार–नेपाल दुईतर्फी हवाई टिकटको व्यवस्था गरिदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट आयोजना
-
गुठी जग्गा उपयोग प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय
-
किसमिसलाई रातभर दूधमा भिजाएर राख्नुहोस्, बिहान उठेर खाँदा धेरै फाइदा मिल्छ
-
सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी
-
साफ यू–२० महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै
-
युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा