टाइटानिककी गायिका सेलिन डियोनलाई लाग्यो गम्भीर रोग, भावुक हुँदै दिइन् जानकारी
टाइटानिक फिल्मको ‘माई हार्ट विल गो अन’ गीतबाट विश्वभरी चर्चामा आएकी क्यानेडेली गायिका सेलिन डियोन एक गम्भीर रोगबाट ग्रसित छिन् । उनले यो कुरा सेलिन डियोनले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेर जानकारी दिएकी छिन् । भिडियोमा उनले आफू दुर्लभ रोगबाट ग्रसित भएको खुलासा गरेकी छिन् । आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदा उनी निकै भावुकसमेत भएकी छिन् ।
५४ वर्षकी सेलिन डियोनले आफू दुर्लभ रोगबाट ग्रसित भएपनि स्टेजमा पुनः फर्कने कुरामा आफू आशावादी भएको बताएकी छिन् । इन्स्टाग्राममा भिडियो सेयर गर्दै उनले मनको कुरा बताएकी छिन् । सेलिनले आफ्नो समस्याबारे जानकारी दिँदै भनिन्, ‘तपाईंहरुलाई थाहा नै छ कि म सधै खुला किताबजस्तै हुँ । म पहिला केही भन्नका लागि तयार थिइनँ तर अब म बोल्न चाहन्छु ।’
उनी थप्छिन्, ‘म लामो समयदेखि एउटा रोगले ग्रसित छु । मेरा लागि यी चुनौतीको सामना गर्नु र आफ्नो कुरा बताउन निकै कठिन भइरहेको छ । ’
उनले आफू लाइलाज न्युरोलोजिकल डिसअर्डर स्टिफ पर्सन सिन्ड्रोम (एसपीएस) सँग जुधिरहेको बताउँदै यो रोग लाखौँमा एकजनालाई लाग्नेसमेत बताइन् ।
कस्तो खालको रोग हो ?
गायिका एउटा यस्तो रोगबाट पीडित छिन् जसले मानिसको मस्तिष्क र मेरुदण्डको हड्डीलाई नराम्रोसँग प्रभावित गर्छ । समय बित्दै जाँदा यो रोगका कारण मानिसको शरीर कडा हुन थाल्छ । गायिकाले दुर्लभ रोगबारे कुरा गर्दै जकडिएको जस्तो महसुस हुने भएकोले उनको दैनिक अत्यधिक प्रभावित भइरहेको बताइन् । कहिलेकाँही हिँड्नसमेत गाह्रो हुने गरेको पनि उनले जानकारी दिइन् । यसका साथै कहिलेकाँही आफू स्वर नलीलाई समेत प्रयोग गर्न नसक्ने अवस्थामा पुग्ने बताइन् ।
सेलिन डियोन तीन सन्तानकी आमा हुन् र उनले यो भिडियो सेयर गर्दै आफू हालका लागि आफ्नो स्वास्थ्यमा केन्द्रित रहेको बताइन् । यसै कारणले गायिकाले आफ्नो युरोपियन टुर रद्द गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण