शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसदवादी कम्युनिष्ट पार्टीहरू नीति र सिद्धान्तविहीन भए : धर्मेन्द्र बाँस्तोला

शुक्रबार, २३ मङ्सिर २०७९, १६ : २३
शुक्रबार, २३ मङ्सिर २०७९

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे  कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जाने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तबिहीन भएको बताएका हुन् । उनले संसदवादी दलहरु कम्युनिष्टको नाममा विकृत र भ्रष्ट भएको भन्दै उनीहरु जनताको पक्षमा नरहेको बताए । 

उनले निर्वाचनमा संलग्न कम्युनिष्ट पार्टीका नेताहरुलाई नातावाद, कृपावाद, भ्रष्टाचार र तस्करीको आरोप लाग्ने गरेको भन्दै त्यसैले कम्युनिष्ट पार्टीहरुलाई जनताले कारबाही गरेको बताए ।  संसदवादी कम्युनिष्ट पार्टीहरुले समाजवादी राज्य प्रणाली नचाहेको उनले बताए । 

उनले भने, ‘अहिलेको यो संसदवादी व्यवस्था र कम्युनिष्टको नाममा विकृतिकरण, भ्रष्टिकरण, सिद्दान्त, राजनीतिमाथि वकालत गर्ने काम संसदवादीहरुले गरे । निर्लज्ज, भद्दा तरिकाले संसारमा कहीँ नभएको नांगो नाच कुनै अनैतिक प्रकारको चाहे त्यो केपीको सन्दर्भमा होस् । कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको सरकार फुटाएर तीन टुक्रा पार्ने केपी ओली, हार गुहार गर्ने केपी ओली होस् । या सत्ता पाएन भनेर सरकारमा भएको पार्टीलाई फुटाएर अलग्गै गर्ने प्रचण्ड होउन् । र त्यसको निम्ति साम्राज्यवादीहरु सँग हारगुहार गर्ने यि सबै सर्वहारावादी नीति, जनपक्षिय नीतिबाट उनीहरु च्युत भएका थिए । उनीहरुले नेपाली जनताको सेवा गर्नुपथ्र्यो । समाजवादी सिद्धान्तको सेवा गर्नुपथ्र्यो । उनीहरुले विज्ञानको सेवा गर्नुपथ्र्यो । उनीहरुको व्यवहार सारा जनताले भनेको छन्, नातावाद, कृपावाद, भ्रष्टचारी, तस्करी, फाइदाको निम्ति आफ्नो घरबेटीहरु च्याप्ने । फाइदाको निम्ति गोकुल बाँस्कोटाजस्तो नाङ्गै प्रकारको भ्रष्टाचार गर्नेलाई च्याप्ने । ट्याङ्कीमा पैसा लुकाउनेहरुलाई च्यापेर बस्ने यस्तो प्रकारको भ्रष्टिकरणका बिरुद्ध नेपाली जनताले कारबाही गरेको छ । र यो प्रणाली रहिराख्यो भने कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जानेवाला छन् भोलि । चाहे त्यो केपी होस् । चाहे त्यो प्रचण्ड होस् । चाहे कुनैपनि व्यक्ति किन नहुन् । संसदवाद, प्रतिक्रियावाद उसले आफ्नो प्रकारको राज्य प्रणाली चाहन्छ । समाजवादी प्रकारको चाहँदैन ।’

उनले साम्राज्यवादी शक्तिहरुले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई निर्वाचनबाट परास्त गरेको बताए । संयोजक बाँस्तोलाले निर्वाचनबाट नयाँ शक्तिहरुको उदयको नाटक देखाइएको टिप्पणी गरे । उनले कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्नेमा जोड दिए ।  सशक्त प्रकारको कम्युनिष्ट आन्दोलन निर्माण गर्न क्रान्तिकारी कार्यदिशा बनाउनु आवश्यक रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप