चोलेन्द्रबारे संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले संसद सचिवालयले प्रधानन्ययाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै पठाएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले बुधबार जबरालाई पत्र दिएका थिए ।
तर, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले पत्र कार्यान्वयन नगर्न तथा नगराउन अन्तरिम आदेश दिएको हो ।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरू विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले बुधबार उक्त पत्र बदर गर्न माग राख्दै रिट निवेदन दायर गरेका थिए ।
रिट निवेदनमा आर्थिक अनियमितता, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप लगाई राणाविरुद्ध महाअभियोग प्रस्ताव पेस गरी निलम्बन गरिएको तर सङ्घीय संसद्का महासचिवले पत्र लेख्दैमा महाअभियोग प्रस्ताव निष्क्रिय नहुने उल्लेख थियो ।
गत असोज १ गते महाअभियोग सिफारिस समितिले छानबिन अनुसन्धान प्रतिवेदन सभामुखसमक्ष पेस गरेको र सभामुखले महासचिवलाई पत्र प्रेषित गरी प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने व्यवस्था मिलाउनु भनिएको तोक आदेश भएको अवस्थामा गैरकानुनीरूपमा पत्र पठाइएको उल्लेख थियो ।
सङ्घीय संसद्का महासचिव डा गौतमले बुधबार जबरासहित सर्वोच्च अदालतलगायत निकायमा महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा रहेका नागरिकलाई भोट हाल्न दिने सुविधा व्यवहारिक रुपमा लागू हुन सकेन : महान्यायाधिवक्ता पोखरेल
-
नेप्सेमा ४ अंकको वृद्धि, कारोबार १ अर्बमा झर्यो
-
अभिनेत्री जेविकाले गरिन् इन्गेजमेन्ट
-
‘यो मुर्दा संसद् हो, जनप्रतिनिधि भन्नपनि मलाई लज्जाबोध छ’: राजकिशोर यादव
-
च्याटजिपिटी के हो र यसलाई किन गुगलको लागि खतरा भनिन्छ ?
-
रवि लामिछानेकाे पार्टी खारेजीकाे मागसहित निर्वाचन आयाेगमा उजुरी