विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीन र साउदी अरबबीचको यो सम्झौताले अमेरिकाको चिन्ता बढाउन सक्ने

शुक्रबार, २३ मंसिर २०७९, १६ : ३८
शुक्रबार, २३ मंसिर २०७९

चिनियाँ राष्ट्रपति सी जिनपिङको साउदी अरब भ्रमणका क्रममा दुई देशबीच प्राविधिक कम्पनी हुवावेसँगको ठूलो सम्झौतालगायत धेरै सम्झौतामा हस्ताक्षर भएको छ ।

खाडीमा कम्पनीको बढ्दो प्रभुत्व अमेरिकाका लागि चिन्ताको विषय हुन सक्छ । अमेरिकाले हुवावेलाई सुरक्षा खतरा मानेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार राजा सलमानले जिगपिङसँग ‘व्यापक रणनीतिक सम्झौता’ गरेका छन् ।

जिनपिङले युवराज र प्रधानमन्त्रीसँग पनि वार्ता गरेका छन् । यति मात्र होइन, साउदी अरबमा जिनपिङलाई न्यानो स्वागत गरिएको थियो ।

यो जुलाईमा जो बाइडेनको ‘चिसो स्वागत’ भन्दा पूर्ण रूपमा फरक छ । साउदीको उर्जा नीति र जमाल खग्गोशीको हत्यापछि अमेरिका र साउदी अरबबीचको सम्बन्ध खासै राम्रो छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप