माओवादीका कुनै नेतालाई कारबाही भएको छैन : साह

नेकपा माओवादी केन्द्रले पार्टीका कुनै नेतालाई कारबाही नगरेको मधेस प्रदेश कमिटीका इन्चार्ज गणेश साहले बताएका छन् । पार्टीका केन्द्रीय सचिवसमेत रहेका साहले एक विज्ञप्ति जारी गर्दै पार्टीले कसैलाई पनि कारबाही नगरेको स्पष्ट पारेका हुन् ।
‘माओवादीले कुनै पनि पोलिटब्यूरो सदस्यलाई कारवाही नगरेको पार्टी पंक्ति लगायत आमजनसमुदायलाई यसै वक्तव्य मार्फत जानकारी गराउँछौं । यस्ता भ्रमक, निराधार, कपोकल्पित तथा मिथ्य समाचार सम्प्रेण नगर्न आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यमले सत्य, तथ्य नबुझी पार्टीको आधिकारिक संगठनको धारणाविना भ्रमक समाचार सम्प्रेण नगरिदिन हुन आग्रह गर्दछौं ।’
सर्लाहीका चार स्थानीय तहले पोलिटब्यूरो सदस्य रामेश्वर राय यादव र अचुतम काफ्लेलाई कारवाही सिफारिस गरेको समाचार बाहिरएको थियो । कारवाही सिफारिस भएको भन्ने भएपछि अध्यक्ष प्रचण्डले २ पोलिटब्यूरो सदस्य सहित अरु उजुरीकर्ता भनिएकासँग समेत छलफल गरेका थिए ।
गत बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्डले दुबैपक्षसँग छलफल गरेका हुन् । पार्टी पोलिटब्यूरो सदस्य रामेश्वर राय यादवले प्रचण्डले पार्टीमा अन्तर्घात गर्नेहरुको विषयमा कमिटी बनाएर छानविन गर्ने घोषणा गरेको रातोपाटीलाई बताएका थिए । तर, आफू भने दोषी नभएको छलफलबाट स्पष्ट भएको यादवले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमावली मस्यौदा समिति : भर्चुअल बैठकले पनि मान्यता पाउने, लबि रिपोर्टिङको व्यवस्था
-
प्रधानमन्त्री प्रचण्डको कुर्सीमा मदनकृष्ण श्रेष्ठ !
-
अहिले सरकारमा जाने योजना छैन : झलनाथ खनाल
-
ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएनः भुवन केसी
-
२० प्रतिशत खर्च कटौती गर्न शिक्षा मन्त्रालयको मातहतका निकायलाई निर्देशन
-
एक्सेल्सियर कपमा काष्ठमण्डपलाई दोहोरो उपाधि