समानुपातिक सूची फाइनल नगरी सकियो माओवादी बैठक

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि फेरि बस्नेगरी सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको हो ।
समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए । ‘सातै प्रदेश र संघबाट प्रतिनिधित्व गर्ने समानुपातिक सूचीका विषयमा छलफल भयो । मुख्य रुपमा कलस्टरमा केन्द्रीत भई छलफल भयो । अप्सन नभएको व्यक्तिको विषयमा सकियो । केही गर्नु परेन । अप्सन भएका व्यक्तिका विषयमा कसरी जाने भन्ने विषयमा छलफल भयो’ पोखरेलले भने, ‘सरोकारवाला निकाय तथा कानुनविद् लगायतसँग परामर्श गरेर भोलि टुंगो लगाउने भनिएको छ । ’ भोलि माओवादी पदाधिकारी बैठक बसेर समानुपातिक सूची फाइनल गर्ने पोखरेलले बताए । माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी दुई प्रदेशमा हल्का हिमपातको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
गायिका एलिना चौहान भन्छिन्–अहिले त मेरो नामै धोकेबाज रे !
-
साथीको नामको फेसबुक आइडी बनाएर ठगेको आरोपमा युवती पक्राउ
-
भारतलाई हराउँदै नेपाल महिला यु–२० च्याम्पियनसिपको फाइनलमा
-
डिजिटल वित्तीय कारोबार बढ्दै, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड कट्यो