बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको आर्थिक विकासको केन्द्र : गृहमन्त्री खाण

शुक्रबार, २३ मङ्सिर २०७९, १८ : ०१
शुक्रबार, २३ मङ्सिर २०७९

गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको आर्थिक विकासको केन्द्र बनाउनेमा लागिरहेको बताएका छन । आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाणले विमानस्थल गतिशील र चलायमान गराउन यहाको उद्योगी व्यवसायी तथा आमनागरिकको जीवनमा परिवर्तन ल्याउनेमा विश्वस्त रहेको बताए । 

विशेष आर्थिक क्षेत्र सेज पूर्ण रूपमा सञ्चालनका लागि केही कार्यविधि बदल्नुपर्ने भएकाले त्यसमा सरकार प्रयत्नशील रहेको उल्लेख गरे । ‘आइसीपी निर्माणका लागि भारतले सुरुवात गरेको छ, नेपाल सरकारले पनि सुरुवात गर्नेछ’, उनले भने । नेपालमा रात्रीकालीन बजारको खासै प्रचलन नभए पनि पर्यटन व्यवसायको प्रवर्द्धनका लागि २४ घण्टा बजार सञ्चालनको अवधारणा ल्याइएको छ । अनुमति लिएर तोकिएको मापदण्ड पूरा गरेपछि २४ सैं घण्टा व्यवसाय सञ्चालन गर्न उनले आग्रह गरे ।

‘राती १२ बजेसम्म पसल सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाउँदैन,’ उनले भने, ‘आर्थिक गतिशीलतालाई मध्यनजर गर्दै १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिन सरकार लचिलो छ ।’ खाणले मेला महोत्सवका निम्ति मण्डप निर्माणका लागि आवश्यक जग्गा खोजीका लागि सिद्धार्थनगर नगरपालिकालाई आग्रह गर्दै मण्डप निर्माणका लागि केन्द्रीय सरकारले बजेट व्यवस्थापन गर्ने बताए ।

उद्योगी व्यवसायीले व्योहोरिरहेको आर्थिक मन्दीलाई महोत्सवले महत्वपूर्ण सन्देश दिने उनले बताए । उद्योगी र व्यवसायी कुनै पनि मुलुकको मेरुदण्ड रहेकाले उद्योगी व्यवसायीले व्यहोर्नुपरेका समस्या समाधान गर्न सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप