शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामको समाजवादी पार्टीमा निर्वाचनको समीक्षा

शुक्रबार, २३ मङ्सिर २०७९, २० : २१
शुक्रबार, २३ मङ्सिर २०७९

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को बैठक बसेर मंसिर ४ गते सम्पन्न निर्वाचनको समीक्षा भएको छ । शुक्रबार पार्टी कार्यालयमा बैठक बसेर निर्वाचनसम्बन्धी सबै  विषयलाई केन्द्रमा राखेर छलफल भएको पार्टीका संघीय परिषद् अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए । 

‘आज संघीय निर्वाचनको विषयमा समीक्षा गरिएको छ । यसरी नै प्रदेश र जिल्लामा समेत समीक्षा गर्छौँ’, यादवले भने । 

उनले चुनावमा सोचेजस्तो नतिजा  नआएको भन्दै अब फरक ढंगले सोच्नुपर्ने अवस्था आएको बताए । उनले सरकारमा सहभागिता र माओवादीसँग पार्टी एकताका विषयमा भने आजको बैठकमा कुनै छलफल नभएको बताए । 
नेपाल समाजवादी पार्टीका उम्मेदवार यो चुनावमा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडा लिएर उठेका थिए । जसमा प्रतिनिधि सभामा महिन्द्र राय यादव तथा प्रदेश सभामा गंगानारायण श्रेष्ठ र फणीन्द्र देवकोटा मात्रै निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप