लैङ्गिक हिंसा रोक्न सामाजिक जागरण जरुरी छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले कानुनको आडमा महिला हिंसा भइरहेको टिप्पणी गरेकी छन् । उनले समाज, परिवार र घरघरको मानसिकतामा परिवर्तन नआइकन महिला हिंसाबाट छुट्कारा नमिल्ने तर्क गरिन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने (नोभेम्बर २५–डिसेम्बर १०) अभियानअन्तर्गत सञ्चालित कार्यक्रममा मन्त्री रेग्मीले समाजमा व्याप्त लैङ्गिक हिंसा रोक्नका निम्ति सामाजिक जागरण ल्याउन अनिवार्य भएको राय व्यक्त गरिन् ।
संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) नेपालका आवासीय प्रतिनिधि एल्के विस्चले महिलाविरुद्धको हिंसा अन्त्य गर्न महिला एक्लैको मात्र प्रयास पर्याप्त नहुने विचार व्यक्त गरे । उनले हिंसा अन्त्य गर्नका लागि समाजका सबै तप्काहरूको संयुक्त प्रयास जरुरी हुने बताए ।
कार्यक्रममा ‘हामी दाजुभाइ’का अध्यक्ष सङ्जोग ठकुरीले लैङ्गिक समानताका निम्ति महिला एक्लैको मात्र प्रयासले नहुने धारणा राख्दै त्यसको निम्ति पुरुष तथा बालबालिकाको समेत सहभागिता महत्वपूर्ण हुने तर्क प्रस्तुत गरे । त्यसैगरी पत्रकार समा थापाले पुरुषलाई आफ्नो कमजोरी देखाउन नहुने र उनीहरु दुःख पर्दा पनि रुन नहुने भन्ने सामाजिक मान्यताले गर्दा उनीहरूमा हिंसा र कठोरपनको विकास हुन जाने मनोवैज्ञानिक तथ्यमाथि प्रकाश पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतान्याहुले सुरक्षाबारे निर्णय लिँदै
-
बसको ठक्करबाट स्याङ्जामा एक बृद्धको मृत्यु
-
पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण
-
विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ : मन्त्री गिरी
-
दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने