मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

शनिबार, २४ मङ्सिर २०७९, ०६ : ४४
शनिबार, २४ मङ्सिर २०७९

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । ४ मंसिरको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो ।

बैठकमा चुनावी समीक्षा हुने नेताहरुले बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय  सदस्यहरु छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप