यौनिक तथा अल्पसङ्ख्यक समुदायका आत्मीय सम्बन्धमा हुने हिंसा न्यूनीकरणमा जोड

यौनिक तथा अल्पसङ्ख्यक समुदायका आत्मीय सम्बन्धमा हुने हिंसा न्यूनीकरणमा जोड दिइएको छ । मितिनी नेपालले आयोजना गरेको कार्यक्रममा उक्त समुदायको आत्मीय सम्बन्धमा समेत विभिन्न खालका हिंसा हुने गरेको भन्दै त्यस्ता खालका हिंसा न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको हो ।
मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले समुदायको मुद्दा राज्यको पनि साझा मुद्दा रहेको बताउँदै महिला हिंसाको कुरा गरी रहँदा महिलाभित्रको विविधतालाई पनि हेरिनुपर्ने बताइन । परिवार र समाजसँग विद्रोह गरेरै समुदायको आन्दोलन आजको समयसम्म आइपुगेको र संविधानले विभिन्न अधिकारहरू सुनिश्चित गरेता पनि वैवाहिक समानताको अधिकारका लागि अझै सङ्घर्ष गर्नु परिरहेको बताइन् ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका आत्मीय सम्बन्धमा हुने हिंसाको अध्ययन सारको विषयमा आयोजित छलफल तथा प्रसार कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उक्त समुदायका समस्या समाधानका लागि राज्य तयार रहेको बताइन् ।
उक्त समुदायको मुद्दाप्रति मन्त्रालय सदैव सकारात्मक रहेको बताउँदै घरभित्रबाटै हिंसाको जरो उखेल्नु पर्ने बताइन् । मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसी ले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्रका महिलामाथि हुने कुनै पनि प्रकारको हिंसा र विभेदको अन्त्य हुनुपर्नेमा जोड दिइन् । समुदायले फरक लैङ्गिक पहिचान र यौनिकताका कारण विभिन्न शारीरिक, मानसिक, सामाजिक, यौनजन्य र राज्यबाटै हिंसा भोग्नु परेको उनको भनाई छ ।
अनुसन्धानकर्ता बिनु लामाले समुदायको आत्मीय सम्बन्धमा हुने हिंसा, हिंसाको प्रकार, कारण, स्वरूप, चुनौतीहरू लगायत हिंसा न्यूनीकरणका लागि गरिएको प्रयासहरूबारे जानकारी गराएकी थिइन् ।
राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंह प्रधानले आयोग समुदायलाई साथ र समर्थनका लागि सधै तयार रहेको बताइन् । उनले १६ औं योजनाका लागि आयोगले समुदायको वर्तमान अवस्था सम्बन्धी अनुसन्धान गरिरहेको पनि जानकारी गराइन । त्रिभुवन विश्वविद्यालयका प्रोफेसर रमेश भट्टराईले समुदायलाई प्रत्यक्ष भेट्ने मौका पाएको बताउँदै हरेक मानिसको चाहना र भावना प्राकृतिक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यामलाल कँडेल भन्छन् : सरकार कर्णालीको भयो, मानसिकता वडा बनाउने भयो
-
भोलि राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता
-
सांसद अरुण चौधरीविरुद्ध जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी
-
कांग्रेसबाट पन्त र गुरुङमध्ये एक राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बन्ने
-
पोखरा विमानस्थल : यस्तो छ भन्सार सीमाना
-
सिंगो देश हाम्रो मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड