बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ग्ल्यामर भन्दा अभिनयमा रुची राख्छु : नम्रता सापकोटा

शनिबार, २४ मङ्सिर २०७९, ११ : २२
शनिबार, २४ मङ्सिर २०७९

नेपाली चलचित्र डेसान देशभर प्रदर्शनमा आएको छ । फिल्म शुक्रवारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो । शुक्रवार साँझ दर्शकहरुसँगै चलचित्र हेरिसकेपछि कलाकारहरूले दर्शकहरुबाट राम्रो माया पाएको बताए । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अभिनेत्री नम्रता सापकोटाले चलचित्रमा नराम्रो कुराहरू चाँडै फैलिन्छ, महामारी जस्ता नराम्रा कुराहरू चाँडै फैलिने भन्नेकुरालाई चलचित्रमा देखाइएको बताए ।

उनले चलचित्रमा आफूले भाइरसको रोल खेलेको बताए । चलचित्रमा एक महिलाले घर बनाउन पनि सक्छ चाहेमा घर भत्काउन पनि सक्छ भन्ने कुरालाई देखाइएको बताए । ग्लामर आफ्नो ठाउँमा भएपनि आफूलाई अभिनय गर्दा मजा लाग्ने बताए । उनले चलचित्रको कथाले अन्तिमसम्म नै के हुन्छ भन्ने कौतुहलता हुने बताए ।

कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको अभिनय छ । चलचित्रको मुख्य भुमिकामा रहेका निशान र पुनमको यो डेब्यु चलचित्र हो ।

चलिचत्रमा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । पर्फर्मिङ आर्ट क्रिएशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउँचा मगरले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप