प्लेयर टू वाच : रुबेन डियास, पोर्चुगल

डियास बेनफिकाको युथ सिस्टमबाट आएका हुन् । उनी हाल इङ्ग्लिस महारथि म्यानचेस्टर सिटीसँग आबद्ध रहेका छन् । सन् २०२०–२१ को पहिलो सिजनमा उनको क्षमता र रणनीतिक कुशलताले धेरेको ‘वर्षको टोली’ मा आफ्नो स्थान बनाउन सफल भएका थिए ।
‘मैले अनुबन्ध गरेका धेरै उत्कृष्ट खेलाडीहरुमध्ये उनी एक हुन्,’ म्यानेजर पेप गवार्डिओला डियासको बारेमा भन्छन्, ‘उनी हरेक कुरा सटिक होस् भन्ने चाहन्छन् जुन मैदानमा पनि स्पष्ट देखिन्छ । उनी आफू त राम्रो खेल्छन् नै आफू वरपर रहेकालाई पनि राम्रो खेल्ने बनाउँछन् । उनी सधैँ आफ्नो लागि भन्दा पनि टिमका लागि खेल्ने गर्दछन् ।’
सन् २०१७ देखि २०२० सम्म बेन्फिका लागि उनले ९१ खेल खेलेका उनले सिटीका लागि ७३ खेल खेलिसकेका छन् । बेन्फिकामा रहँदा उनले लिग उपाधि जितेका थिए पनि सिटीसँग पनि उनी दुईपटक लिग च्याम्पियन बनिसकेका छन् । सन् २०२०–२१ सिजनमा उनी च्याम्पियन्स लिगको उपविजेता टोलीका सदस्य थिए । पोर्चुगलसँग उनले सन् २०१८–१९ को युईएफए नेसन्स लिगको उपाधि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मत लिँदै मुख्यमन्त्री रावल, नागरिक उन्मुक्ति पार्टीले साथ छोड्दा पद धरापमा
-
प्रचण्ड किन ढल्किँदै छन् कांग्रेसतिर ?
-
कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुनेबारे परेको मुद्दामा आज सुनवाइ
-
जसपा र एकीकृत समाजवादीलाई फकाउँदै प्रधानमन्त्री
-
लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आज, तीन उम्मेदवार प्रतिस्पर्धामा
-
राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि