आधुनिक प्रविधिसँगै लोप भए पुराना पानी घट्ट

जुम्लाका ग्रामीण क्षेत्रका खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जौँ,कोदो र फापर लगायतका अन्न पिस्ने गर्दछन् । तर अहिले पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि ग्रामीण क्षेत्रका पानी घट्ट लोप हुँदै गइरहेको छ ।
पछिल्लो समय पानीघट्ट प्रयोगविहीन हुँदै आएको पातारासी गाउँपालिका-१ का विष्नुबहादुर बोहोराले बताए । नयाँ प्रविधिका विद्युतीय मिलको बढ्दो प्रयोगसँगै पानीघट्ट लोप हुन थालेको स्थानीय बताउँछन्। हाल प्रयोगविहीन रहेका पानीघट्टलाई कतिपयले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल र काठ चिरानीसमेत गर्न सक्ने घट्ट बनाएर सञ्चालनमा ल्याएसँगै पुराना पानीघट्ट लोप हुने अवस्थामा पुगेको पुराना पानीघट्ट सञ्चालन गर्दै आएका सिजां गाउँपालिका-४ बारे गाउँका धनबहादुर बुढाले बताए ।
पहिले पानीघट्टबाट पिसानी गर्दा पिसानी गरेको अन्नको केही भाग घट्ट धनीलाई दिने चलन थियो । तर अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक प्रविधिका पिसानी गर्ने मिल बनेपछि पानीघट्ट प्रयोग गर्नेको सङ्ख्या घटेको हो । मिलमा पिसानी गरेवापत प्रतिपाथी ३० देखि ४० सम्म रकम तिर्ने गरेको पाइन्छ । आधुनिक प्रविधिका मिलहरु बनेसँगै पुराना पानीघट्टमा पिसानी गर्न कोही पनि नआउने भएकाले बन्द गरेर बस्नुपरेको बताउँछन्, पानीघट्ट सञ्चालक अर्जुन रोकाया ।
घट्टमा पिसानी गर्दा टाढाको दूरीसम्म बोकेर लानुपर्ने र पिस्दा घण्टौँसम्म कुर्नुपर्ने बाध्यता रहेकाले आफूहरु छिटोछरितो र सजिलोको लागि विद्युतीय मिलमा जाने गरेको स्थानीयवासी बताउँछन् । तर पानीघट्टबाट पिसानी गरिएको अन्न पिठो स्वास्थ्यका लागि निकै लाभदायक र खाँदा पनि स्वादिष्ट हुने जानकारहरु बताउँछन् ।
विकासको गतिसँगै जिल्लाका अन्य ठाउँमा पनि यातायात र विद्युतको सुविधा हुँदै गइरहेकोले अन्य ठाउँमा पनि विद्युतीय मिलको विकास र प्रयोग हुँदैन भन्न सकिँदैन । त्यसैले परम्परागत शैलीमा रहेका पानीघट्टको अस्तित्वलाई बचाइराख्न स्थानीय सरकारले पनि पहलकदमी चाल्नुपर्ने बताउँछन्, पानी घट्ट सञ्चालन गर्दै आएका सिंजा-६ का अरसिंह रोकाया ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँतिने संकेत, माओवादी सकारात्मक
-
नियमावली मस्यौदा समिति : भर्चुअल बैठकले पनि मान्यता पाउने, लबि रिपोर्टिङको व्यवस्था
-
प्रधानमन्त्री प्रचण्डको कुर्सीमा मदनकृष्ण श्रेष्ठ !
-
अहिले सरकारमा जाने योजना छैन : झलनाथ खनाल
-
ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएनः भुवन केसी
-
२० प्रतिशत खर्च कटौती गर्न शिक्षा मन्त्रालयको मातहतका निकायलाई निर्देशन