विराटनगर बास्केटबलको उपाधि बिकेभिएम र अरनिको स्कुललाई
शनिबार, २४ मंसिर २०७९, १२ : २७

विराटनगरमा भएको विद्यालयस्तरीय तेस्रो संस्करणको बास्केटबल कप प्रतियोगिताको फाइनल खेलमा बिकेभिएम र अरनिको स्कुलले उपाधि हात पारेका छन् । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुरुष र महिलातर्फको फाइनल खेल कोबास कलेजको बास्केटबल कोर्टमा भएको थियो । फाइनल खेलमा पुरुषतर्फ सगरमाथा स्कुललाई ३७–२८ अङ्कले पराजित गर्दै बिकेभिएम स्कुल विजयी भएको छ ।
त्यसैगरी महिलातर्फको फाइनल खेलमा पोखरीया स्कुललाई २–४ अङ्कले पराजित गर्दै अरनिको स्कुल विजयी भएको थियो । पुरूष र महिलातर्फको खेलमा क्रमशः बिकेभिएम स्कुलका गुनानन्द यादव र अरनिको स्कुलका उत्कृष्ट खेलाडी घोषित भएकालाई ट्रफी वितरण गरिएको थियो । विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी आठ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मुकेश यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आज, तीन उम्मेदवार प्रतिस्पर्धामा
-
राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि
-
मुग्लिन–नारायणगढ सडकको विकल्प तयार, फागुनदेखि सञ्चालनमा
-
माओवादीको साथ पाउनेमा कांग्रेस आशावादी
-
सुरक्षा ब्रिफिङमा नयाँ राष्ट्रपतिको चर्चा
-
यी दुई प्रदेशमा हल्का हिमपातको सम्भावना