बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इंग्ल्याण्डलाई फ्रान्सविरुद्ध क्वार्टरफाइनलबाट बाहिरिने दाग मेट्ने अवसर

शनिबार, २४ मङ्सिर २०७९, १२ : ४७
शनिबार, २४ मङ्सिर २०७९

शनिबार राति अन्तिम क्वार्टरफाइनल खेलमा युरोपका दुई महारथि इंग्ल्याण्ड र फ्रान्स सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । इंग्ल्याण्डले सेनेगललाई ३–० गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई ३–१ गोलअन्तरले पछि पारेको हो ।

विश्वकपमा आउनुअघि निकै खराब फर्ममा रहेको इंग्ल्याण्ड टोलीले प्रतियोगिता भने सशक्त खेल प्रदर्शन गरिरहेको छ । गेराथ साउथ गेटको टोलीले पछिल्लो ३ खेलमा गोल खाएको छैन । आजको खेलमा जीत हासिल गरे साउथ गेट इंग्ल्याण्डलाई एकभन्दा बढी सेमिफाइनलमा पुर्‍याउने पहिलो म्यानेजर हुनेछन् ।

तर, विश्वकपको इतिहासलाई हेर्ने हो भने इंग्ल्याण्ड धेरैपटक यही चरणबाट बाहिरिने गरेको छ । सन् १९५४, १९६२, १९७०, १९८६, २००२ र २००६ मा टोली क्वार्टरफाइनलबाटै घर फर्कनुपरेको थियो । त्यस्तै, पछिल्ला आठ विश्वकपमध्ये ६ वटामा इंग्ल्याण्ड युरोपियन टोलीबाट पराजित भएको छ ।

उता साबिक विजेता फ्रान्स पछिल्ला सातमध्ये पाँच विश्वकपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । डिडिएर डेस्च्याम्पको टोलीले नकआउटका पछिल्ला १० मध्ये ८ वटा खेलमा युरोपियन टोलीलाई पराजित गर्न सफल भएको छ । तर, यो विश्वकपमा फ्रान्सले ‘क्लिन सिट’ भने राख्न सकेको छैन । इतिहासलाई हेर्ने हो भने फ्रान्स यसअघि विश्वकपमा खेलिएका इंग्ल्याण्डविरुद्धका दुवै खेलमा पराजित भएको छ । तर पछिल्ला दिनहरूमा भने फ्रान्स इंग्ल्याण्डमाथि हाबी हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप