शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जब लोकल ट्रेनमा यात्रा गर्न पुगिन् सारा

शनिबार, २४ मङ्सिर २०७९, १३ : ००
शनिबार, २४ मङ्सिर २०७९

सारा अली खानले आफ्ना फ्यानका लागि सामाजिक सञ्जालमा रमाइलो भिडियो शेयर गर्छिन् । हालै, अभिनेत्रीले आफ्नो लक्जरी कार छोडेर मुम्बईको लोकल ट्रेन र अटोमा यात्रा गरेकी छन् । जसको भिडियो उनले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छन् ।

भिडियोको सुरुमा सारा अली खानलाई लोकल ट्रेनमा देख्न सकिन्छ । यसैबीच उनी मानिसहरूले घेरिएका छन्। आफ्नो भिडियोमा अभिनेत्रीले मेकअप आर्टिस्ट, हेयर आर्टिस्ट र बाँकी टिमको परिचय पनि गराएकी छिन् । यसपछि अभिनेत्रीले अटोमा पनि चढ्छिन् । भिडियो सेयर गर्दै सारा अली खानले क्याप्सनमा लेखेकी छिन्, ‘हेल्लो दर्शकहरु, आज हामीले आफ्नो दिमाग प्रयोग गर्‍यौँ र आफ्नो समय बचाउन ट्रेनमा यात्रा गर्‍यौँ ।

​सारा अली खानले सन् २०१८ मा बलिउडमा डेब्यु गरेकी थिइन् । केदारनाथ उनको पहिलो फिल्म थियो, जसको राम्रो चर्चा भयो । त्यसपछि उनले सिम्बा, कुली नम्बर १, लभ आज कल, अतरंगी रेमा काम गरिन् । नायिका छिट्टै ‘मेट्रो इन दिन’, ‘नखरेवाली’, ‘लुका छुपी’, ‘ग्यासलाइट’ र ‘द अमर अश्वथामा’ जस्ता फिल्ममा देखिने भएकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप