समानुपातिक सांसद छान्न एमालेको सचिवालय बैठक जारी
शनिबार, २४ मंसिर २०७९, १३ : २६

नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ । पार्टी कार्यालय च्यासलमा बिहानदेखि बैठकले समानुपातिक सांसद चयन गर्नेछ । एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ। निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै तीन दिनभित्र समानुपातिकतर्फको सांसदको नाम पठाउन भनेको थियो। दलहरूले आज साँझसम्म समानुपातिक सूची पठाउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु