‘महिला अधिकार : मानव अधिकार’ अभियान प्रारम्भ

‘महिला अधिकार : मानव अधिकार’ भन्ने उद्घोषसहित मानव अधिकार तथा शान्ति समाजले विशेष अभियान प्रारम्भ गरेको छ । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका उपलक्ष्यमा मङ्सिर २४ गते १६ जिल्लामा प्रदर्शनसहितका कार्यक्रम गर्दै शान्ति समाजले यो अभियानको थालनी गरेको हो । महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर्न एवं महिला सशक्तीकरणमा केन्द्रित रही थालिएको यो अभियान निरन्तर चल्ने छ ।
यो अभियान अन्तर्गत मङ्सिर २४ गते शान्ति समाजका जिल्ला शाखाहरूले रुपन्देहीको बुटवल, चितवनको भरतपुर, पाल्पाको तानसेन, सल्यानको खलङ्गा, कैलालीको टिकापुर, मोरङको विराटनगर, अछामको मङ्गलसेन, सङ्खुवासभाको खाँदवारी, बागलुङ सदरमुकाम, नुवाकोटको बट्टार, महोत्तरीको जलेश्वर, बाँकेको नेपालगञ्ज, अर्घाखाँचीको सन्धिखर्क र झापाको धुलाबारी गरी १४ जिल्लामा प्रदर्शन गरेका थिए भने शान्ति समाज काठमाडौँ र दाङ शाखाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए । यसैगरी ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा शान्ति समाजका सुर्खेत, गोरखा शाखाले अन्तरक्र्रिया कार्यक्रम आयोजना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मेडिकल शिक्षाका विषय चिकित्सा शिक्षा आयोगलाई भारी’
-
सरकारी जग्गाको संरक्षणका लागि ‘एक्सन’मा उत्रिँदै वीरेन्द्रनगर नगरपालिका
-
बिहीबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने
-
हेल्मेटमा लुकाएको १८ लाखसहित दुईजना पक्राउ
-
ईबा वर्ल्ड वुमन्स बक्सिङका लागि तीन जना छनौट
-
मन्त्री पोखरेलको ४४ बुँदे प्रतिवद्धता सार्वजनिक