अर्घाखाँचीमा कार दुर्घटना : एकै परिवारका ५ जना घाइते, २ को अवस्था गम्भीर
अर्घाखाँचीको गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा २ सितापुर राजुबास झोलङ्गेपुल नजिकै शनिबार बिहान कार दुर्घटना हुँदा एकै घरपरिवारका ५ जना घाइते भएका छन् । सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग ३ ज १५७९ नम्बरको कार सडकबाट करिब ८० मिटर तल सितखोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते हुनेहरूमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका ३ का ५५ वर्षीय लक्ष्मी त्रिपाठी , ५२ वर्षीय अंशु त्रिपाठी, २७ वर्षीय शिशिर त्रिपाठी, २५ वर्षीया प्रकृति त्रिपाठी र कार चालक ३१ वर्षीय शिसन त्रिपाठी रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये प्रकृति त्रिपाठी र चालक शिसन त्रिपाठीको अवस्था गम्भीर रहेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले जनाएको छ । कारको ब्रेक फेल भई अनियन्त्रित हुँदा सडक बाट तल खोलामा खसेको बताइएको छ ।
दुर्घटनाको जानकारी पाउने बित्तिकै तत्काल इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी टोली र स्थानीय बासिन्दा घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिएको छ । घाइते सबै जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागी बुटवल रिफर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली
-
डा. गीता त्रिपाठीका तीन कविता
-
नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली
-
ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने- संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली