गगनलाई गंगाको सुझाव : पद प्राप्तिको मूल्यमा संविधानको व्यापार नगरौँ !

नेपाल समाजवादी पार्टीका नेता तथा प्रदेश सांसद गंगा श्रेष्ठले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सङ्घीयता मासेर पुनः एकात्मक र केन्द्रीकृत प्रणाली चाहिन्छ भनेकोमा आपत्ति जनाएका छन् । यथास्थितिको विकल्प खोज्ने नाममा वा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रयासमा सङ्घीयता मासेर पुनः एकात्मक र केन्द्रीकृत प्रणाली चाहिन्छ भन्नु हिजो आफैँले बगाएको रगतको अपमान भएको उनले बताएका हुन् ।
अहिलेको सङ्घीयता सङ्घवादको सिद्धान्तमा आधारित सङ्घीयता नभएको र यसलाई अझै सुन्दर बनाउनतर्फ जानुपर्ने श्रेष्ठले भनेका छन् । ‘यथास्थितिको विकल्प अग्रगामी सोच र एजेन्डामार्फत दिऔँ । पद प्राप्तिको मूल्यमा कसैले पनि संविधानको व्यापार नगरौँ,’ श्रेष्ठको भनाइ छ ।
गगनजी !
नेपालको संविधान २०७२ कसैले सित्तैमा दान, बक्सिस, उपहार दिएको होइन भन्ने कुरा आन्दोलनमा तपाईंको टाउको बाट बगेको रगत साक्षी छ । यो संविधान नेपाली नागरिकले रगतसँग साटेको हो । यसका प्रत्येक अक्षरहरू रगतले लेखिएका छन् । यसर्थ यस संविधानको रक्षा गर्नु तपाईं हाम्रो पहिलो कर्तव्य हुन आउँछ ।
तर विडम्बना ! यथास्थितिको विकल्प खोज्ने नाममा वा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रयासमा सङ्घीयता मासेर पुनः एकात्मक र केन्द्रीकृत प्रणाली चाहिन्छ भन्नू हिजो आफैंले बगाएको रगतको अपमान होइन र ? निश्चय नै म पनि अहिलेको यथास्थितिको अग्रगामी विकल्प खोज्नुपर्छ साथै पार्टी र राज्य दुवै ठाउँमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण हुनैपर्छ भन्ने कुरामा चट्टान झैँ दृढ छु ।
प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने सपनासहित प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । त्यसका लागि बधाई ! म पनि मुख्यमन्त्री बनेर बागमती प्रदेशको नेतृत्व गर्ने सपनासहित प्रदेश सभामा निर्वाचित भएर आएको छु । तर म मुख्यमन्त्रीसँग सङ्घीयता साट्ने पक्षमा छैन ।
अहिलेको सङ्घीयता सङ्घवादको सिद्धान्तमा आधारित सङ्घीयता होइन । त्यसैले यो सङ्घीयतालाई कसैले पनि सुन्दर देख्न सकिरहेका छैनन् । सन्तान सुन्दर जन्मिएन भनेर सन्तानको हत्या गरिन्छ कि त्यसलाई सुन्दर बनाउनेतर्फ लागिन्छ ? सुन्दर बनाउनेतर्फ लागिन्छ ।
त्यसैले प्रिय मित्र गगनजी ! आउनुहोस् यो सङ्घीयतालाई सङ्घवादको सिद्धान्तमा आधारित सङ्घीयता बनाऔँ । यथास्थितिको विकल्प अग्रगामी सोच र एजेन्डामार्फत दिऔँ । पद प्राप्तिको मूल्यमा कसैले पनि संविधानको व्यापार नगरौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
-
लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा न्यौपाने
-
विराटनगर महानगरको गैरकानुनी सूचना
-
लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन
-
टर्कीका भूकम्प पीडितका लागि संकलित राहत सामाग्री जजिरा र टर्किस एयरलाइन्सले सित्तैमा लगिदिने
-
मादी गाउँपालिका केन्द्र हेरफेरविरुद्धको रिट खारेज