बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन, पुरुष समानुपातिक सांसद छान्न देउवालाई विशेषाधिकार

शनिबार, २४ मङ्सिर २०७९, ०३ : ००
शनिबार, २४ मङ्सिर २०७९

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले पुरुष तर्फको समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउन असमर्थ भएको छ । समितिमा प्रस्तावित नामहरूमा सहमति नजुटेपछि पार्टी सभापति शेरबहादुर देउवालाई नै नाम टुङ्गो लगाउन विशेष अधिकार दिइएको छ ।

कांग्रेसले संघबाट ३ तथा प्रदेशबाट ४ जना पुरुष समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउनुपर्नेछ । केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकलगत्तै यतिबेला सभापति देउवा आफ्नो च्याम्बरमा पदाधिकारीहरूसँग छलफलमा जुटेका छन् । दलहरूले आज अपरान्हसम्म समानुपातिक सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप