आइतबार, १५ माघ २०७९
ताजा लोकप्रिय

फ्लुबाट अमेरिकामा  ७ हजार ३ सयको मृत्यु

शनिबार, २४ मंसिर २०७९, १४ : ०६
शनिबार, २४ मंसिर २०७९

संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा हप्तामा  २५ हजारभन्दा बढी मानिसहरू फ्लूका कारण अस्पतालमा भर्ना भएको  अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्कले देखाएको छ।
मौसमी इन्फ्लुएन्जा गतिविधि देशभर उच्च रहेको पनि केन्द्रले जनाएको छ ।

यस याममा संयुक्त राज्य अमेरिकामा हालसम्म फ्लुबाट कम्तिमा १ करोड ३० लाख बिरामी भएको र एक लाख २० हजार अस्पताल भर्ना भएका छन् भने सात हजार ३०० जनाको मृत्यु भएको  केन्द्रले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप