सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला
शनिबार, २४ मंसिर २०७९, १४ : ४३

नेपाली सेनाका पूर्वरथी बलदेवराज महत आफ्नै घरमा मृत फेला परेका छन्। महत शनिबार बिहान काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार स्थित घरमा मृत फेला परेका हुन् ।
उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले रातोपाटीलाई जानकारी दिए। झुन्डिएको अवस्थामा फेला परेका उनलाई त्यसलगत्तै ह्याम्स अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । त्यसपछि महतको शव पोस्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। पोस्टमार्टमपछि उनको शव परिवारले बुझेर दाहसंस्कारका लागि आर्यघाट लगिएको बोहोराले जानकारी दिए ।
महतले २०७६ सालमा सेनाबाट अवकाश पाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको मूल्य र मान्यता विपरित फेरि टिप्पणी गरे स्वीकार्य हुँदैन : सांसद बस्नेत
-
अध्यक्ष ओलीसँग बेलायती राजदूत काथ्रिनको भेटवार्ता
-
विदेशमा रहेका नागरिकलाई भोट हाल्न दिने सुविधा व्यवहारिक रुपमा लागू हुन सकेन : महान्यायाधिवक्ता पोखरेल
-
नेप्सेमा ४ अंकको वृद्धि, कारोबार १ अर्बमा झर्यो
-
अभिनेत्री जेविकाले गरिन् इन्गेजमेन्ट
-
‘यो मुर्दा संसद् हो, जनप्रतिनिधि भन्नपनि मलाई लज्जाबोध छ’: राजकिशोर यादव