समानुपातिक सांसद छान्ने निर्णय सभापतिलाई दिने कुरामा नेता केसीको असन्तुष्टि

नेपाली काँग्रेसका नेता तथा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले समानुपातिक सांसदहरू पार्टी सभापतिले टुङ्गो लगाउने कुरामा असहमति जनाएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई समानुपातिक सांसदहरूको टुङ्गो लगाउने जिम्मा दिएको भन्दै उहाँले पार्टी सभापतिलाई मात्रै सांसद चयन गर्ने जिम्मा दिनु नहुने बताएका हुन् ।
आज केन्द्रीय पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टी सभापतिलाई समानुपातिक सांसद चयन गर्ने जिम्मा दिएको थियो । उनले भने, ‘सभापतिले पदाधिकारी र अन्य साथीहरूसँग परामर्श गरेर अन्तिम नामावली टुङ्गो लगाउने निर्णय भएको छ । जस अपजस आउने कुरा सभापतिलाई दिनु भन्दा छलफलबाट नै टुङ्गो लाग्नुपर्ने वा पदाधिकारीहरूसँग बसेर सामूहिक निर्णय होस् भन्ने चाहना हो । व्यक्ति केन्द्रित रूपबाट गरिँदा जस, अपजस आउँछ । सबै पदाधिकारी बसेर निर्णय हुनुपर्छ ।’ नेता केसीले समानुपातिक उम्मेदवारहरू चयन गर्दा पार्टीले सबै क्षेत्र र वर्गलाई समेटेर समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थल : यस्तो छ भन्सार सीमाना
-
सिंगो देश हाम्रो मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड
-
विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती
-
गृहमन्त्रीको लफडाबारे प्रतिपक्षी दलहरू ‘वेट एन्ड सी’ को मुडमा
-
वर्तमान सरकारप्रति माधव नेपालको टिप्प्णी : ‘वाम–दक्षिणपन्थी खिचडी गठबन्धन’
-
क्यानविरुद्धको प्रदर्शन विथोल्न खोज्ने तारा बराल पक्राउ